एपिएफ टाइगर कप भलिबलको उपाधि नजिक

पोखरा । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी पहिलो सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । दोश्रो र तेश्रो सस्करणको च्याम्पियन एपिएफले बिहिबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
सम्पन्न खेलमा एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो ।
जारी प्रतियोगितामा अविजित रहँदै एपिएफलेउपाधिका लागि बलियो प्रस्तुती प्रदर्शन गरेको छ । चौथो सस्करण जितेमा एपिएफले टाइगरकपको।उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।
त्यसै गरी दोश्रो सेमीफाइनलमा चन्द्रागिरी न्यु डायमण्ड र नेपाल पुलिस क्लबका बिच हुनेछ ।
यता पुरुषतर्फ भने एक मात्र खेल विभागिय टोली नेपाल आर्मी र घरेलु टोली गण्डकी प्रदेश भलिबल संघका बिच हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया