मिनी ट्रक यातायातकाे कार्यथलो अभियान प्रभावकारी

समाधान संवाददाता २०८० माघ ४ गते १२:३८

पोखरा ।
मिनी ट्रक यातायात श्रमिकको प्रथम भेला पोखरा २१ कृस्तीमा भएको छ । भेलाले नेपाल यातायात स्वतन्त्र मजदूर संगठन मिनी ट्रक इकाइ गठन गरेको छ ।

Advertisement


भेलाले अध्यक्ष प्रेमप्रसाद बास्तोलाको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरेको संगठन गण्डकी प्रदेश कमिटीका सचिव बेनीराज थिङले जानकारी दिए । इकाइ कमिटी उपाध्यक्षमा मिलन पौडेल, सचिव प्रदीप विक, सहसचिव विष्णु परियार र कोषाध्यक्ष देव शर्मा छन् । कमिटीका सदस्यमा मोतिकुमार श्रेष्ठ, ऋृषिराम नेपाली, सुमन विक, प्रकास सुनार चयन छन् । सल्लाहकारमा सागर विक छन् ।


नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले समग्र यातायात क्षेत्रको नीति निर्माणमा संगठनले योगदान गरेको बताए । उनले संगठनले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन ध्यान दिएको उल्लेख गरे ।

Advertisement

‘श्रमिकहरुको सुरक्षाको प्रत्याभूति लगानीको संरक्षण र यात्रुहरुको गुणस्तरीय सेवालाई व्यवस्थित गर्दै सार्वजनिक यातायात क्षेत्रको सुधारमा संगठनले ध्यान दिएको छ,’ उनले भने, ‘सबै यातायात मजदूलाई समेट्न संगठनले सुरुवात गरेको कार्य थलो अभियान प्रभावकारी भएको छ ।’


उनले नयाँ योजनाका साथ थालिएको कार्यथलो अभियानले धेरै भन्दा धेरै मजदुरलाई समेट्ने जानकारी दिए । संगठन गण्डकी प्रदेश कमिटीका सचिव थिङले संगठनले श्रमिकका हक हितको अलवा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा पहलकदमी गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया