वेदहरिलाई सम्मान

समाधान संवाददाता २०८० माघ ४ गते १५:३१

पोखरा ।
नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघको नेपालको स्थापना कालदेखि प्राध्यापक हक हित साथै संस्थाको विकास र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका जनप्रिय क्याम्पसका उपप्राध्याक सामाजिक शिक्षण विभागका विभागीय प्रमुख वेदहरि तिमिल्सिना सम्मानित भएका छन् । उनी जनप्रियमा पत्रकारिता तथा आमसञ्चार विषय प्राध्यापन गर्छन् ।

Advertisement

पब्लिक क्याम्पस प्राध्यापक संघको गण्डकी प्रदेश भेला तथा समन्वय समिति अधिवेशनको अवसरमा तिमिल्सिना सम्मानित भएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोसल्ला ओढाएर तिमिल्सिनालाई सम्मान गरे ।


संघका सभापति नरेन्द्र कोइरालाको सभापतित्वको उक्त कार्यक्रमलाई मुख्यमन्त्री पाण्डे, सामाजिक विकास मन्त्री सुशीला सिम्खडा, प्रदेश सांसद भीमबहादुर कार्की, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, संस्थाका निवर्तमान अध्यक्ष गोपाल पाण्डे, व्यास नगर पालिका प्रमुख एवं संघका पूर्व अध्यक्ष वैकुण्ठ न्यौपाने, गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष श्रीराम सुवेदी, जनप्रिय क्याम्पस प्रमुख लोकराज भण्डारी, पोखरा १७ की वडाध्यक्ष राधिका शाही, संघका लुम्बिनी संयोजक युवराज राउत, वागमती संयोजक गौतम केसी, संघकी कोषाध्यक्ष राधिका ओझा र सम्मानित व्यक्तित्व वेदहरि तिमिल्सिना लगायतले सम्बोधन गरे । कार्यक्रम संयोजन विमल गिरी र इन्चार्ज भेषराज बराल थिए ।

Advertisement

तपाईको प्रतिक्रिया