सहारा एकेडेमीलाई लुम्बिनी बैंकको सहयोग

समाधान संवाददाता २०८० माघ ५ गते १२:४०

पोखरा ।
लुम्बिनी विकास बैंक लिमिटेडले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम बैंकले बिहीबार पोखराको दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई २ लाख ४४ हजार ८ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

Advertisement


बैंकका सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशवराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गरे । सिग्देलले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए । साहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा सञ्चालक सिग्देलले क्लबको प्रशंसासमेत गरे ।


लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहाराका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने उल्लेख गरे । कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

Advertisement


एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालक छन् । सहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका ८९ शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) छन् ।

Advertisement

तपाईको प्रतिक्रिया