पोखरा म्याराथनबारे अन्तरक्रिया

पोखरा ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीबारे बिहीबार अन्तरक्रिया भएको छ । नेपाल भूपपूर्व खेलाडी मञ्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ, संस्थासँग छलफल गरिएको हो ।
अन्तरक्रियामा सहभागी संस्थाका प्रतिनिधिले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारीको तर्फबाट गर्न सक्ने सहयोग गर्ने वाचा गरे ।
नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउन आग्रह गरे । प्रतियोगिता अन्तर्राष्ट्रिय भइरहँदा त्यहाँ आउने धावकले अन्य उपाधि जितेको भए त्यसको प्रोफाइल सार्वजानिक गर्दा थप रोचक हुने उनको भनाइ छ । साथै, विद्यार्थीलाई दौडने तरिका प्रतियोगिता हुनुअगावै एक पटक विद्यालयहरुमा पुगी सिकाउनसमेत उनले सुझाव दिए ।
हिसान गण्डकी अध्यक्ष रमाकान्त बरालले विद्यार्थीको सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए । उनले विद्यार्थी सहभागितालाई सहज बनाउनका लागि विद्यालयहरुमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया