
पर्वत ।
पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गंगास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धिन बन्दै गएका हुन् ।
पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका ६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको संगममा रहेको पूर्तिघाट तथा विश्वकै ठूलो शालग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ ।
मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले प्लास्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको उल्लेख गरे । कतिपय जातिमा शव नजलाउने र ढुंगाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उनको भनाइ छ । त्यस्ता शवका कारण गर्मी मौसममा अत्यधिक दुर्गन्ध फैलिने गरेको छ ।
‘केही शव बेवारिसे अवस्थामा पनि घाटमा भेटिन्छन्,’ उनी भन्छन्, ‘मलामी र भक्तजनहरूले सामग्री जथाभावी फ्याँक्दा नदी किनार फोहोरले भरिन थालेको छ ।’ मोदीवेणी घाटमा दैनिक ५ वटासम्म शव जलाइन्छ । घाट दुर्गन्धित हुन थालेपछि पछिल्लो समय घाट सरसफाइका लागि पहल सुरु भएको अध्यक्ष वैरागीले सुनाए । फोहर अत्यधिक भएपछि घाट व्यवस्थापन समितिले निश्चित शुल्क लिएर सरसफाइका लागि कर्मचारी नियुक्ति गर्ने तयारी भएको छ ।
फलेवास वडा नं ६ र बागलुङको जैमिनी नगरपालिका १ कुश्मीशेरास्थित जैमिनीघाट, पूर्तिघाट र सेतीवेणीमा पनि फोहोरको अवस्था उस्तै छ । व्यवस्थापन समितिको उदासिनताले पनि धार्मिकस्थल र घाटमा फोहोर बढ्दै गएको माघे सङ्क्रान्तिमा स्नानका लागि सेतीवेणीधाम पुग्नुभएका पैँयू गाउँपालिका–५ का वडाध्यक्ष नारायण भुर्तेलको भनाइ छ ।
सेतीवेणीमा नयाँ व्यवस्थापन समिति गठन हुन ढिलाइ भएकाले समस्या देखिएको विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मनबहादुर बस्यालको दाबी छ । उनले अब केही दिनमा नयाँ व्यवस्थापन समिति बनेपछि फोहर व्यवस्थापनको कामसमेत गरिने बताए । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशवाट शिला संरक्षणका लागि ५ लाख विनियोजन भएको भन्दै व्यवस्थापन र निर्माण समिति तत्काल गठन गरेर काम थाल्ने उनको भनाइ छ ।
मोदीवेणी वृद्धाश्रममा ३० वर्षदेखि बस्दै आउनुभएकी सावित्री शर्माले आफूहरूले पटक पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गर्दा पनि अटेर भइरहेको सुनाइन् । कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने गोपाङ्घाट, नयाँ पुल, अर्मादी, मालढुंगा, खनियाघाट, मिलनचोक र वारीबेनीमा रहेको घाटमा पनि दाहसंस्कार गरिन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया