त्रिवेणी टोल विकास संस्थामा नयाँ नेतृत्व
समाधान संवाददाता
२०८० माघ ७ गते १२:५५
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ र २७ का स्थानियवासीको साझा संस्था त्रिवेणी टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा दुर्गा पोखरेल, सचिवमा वीरेन्द्र बराल, कोषाध्यक्षमा टीकाराज न्यौपाने, सहसचिवमा केशवराज लामिछाने र सदस्यहरुमा हरिप्रसाद बराल, ललिता सुनार, मिठु भण्डारी, हेमराज ढुंगाना छन् ।
संस्थाका अध्यक्ष मेजर भीमप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव वसन्त भण्डारीले संस्थाको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया