जल, जंगलबारे तालिम

पोखरा ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव डा रामचन्द्र कँडेलले नेपालमा जलवायु परिवर्तनले असर गरे पनि कमजोर नीति र विश्वसामु बोली नपुग्दा नेपाल समस्यामा परेको बताएका छन् । युएसएआइडी जल जंगल परियोजनाद्वारा आयोजित ३ दिने तालिममा डा. कँँडेलले कार्बन व्यापार, मानव वन्यजन्तुबीचको सम्वन्ध, खेतीपातीमा प्रयोग हुने विषादी, क्षतिपूर्तिको व्यवस्था, मानव सिर्जित आधुनिकताको बढ्दो प्रभावले नेपालमा जलबायु परिवर्तनले अनेकन समस्या पैदा गरेको औंल्याए ।
कास्कीको अन्नपूर्ण र रुपा तथा स्याङ्जाक आँधिखोला र फेदीखोला गाउँपालिकालाई केन्द्रमा राखेर युएसएआइडी जल जंगल परियोजनाले गरेको तालिममा २८ जनाको सहभागिता छ । कार्यक्रमका सहजकर्ता किरण न्यौपानेले वन तथा जलस्रोत संरक्षणका क्षेत्रमा प्राप्त सफलतामा आधारित रही स्थानीय समुदाय, सरकार र संरक्षणकर्मीको जैविक विविधता संरक्षण र जलवायु परिवर्तन अनुकूलनको क्षेत्रमा क्षमता अभिवृद्धि गर्न तालिम दिइएको जनाए ।
युएसएआइडी जल जंगल परियोजनाले प्राकृतिक स्रोत संरक्षणमा सहयोग पुर्याउने लक्ष्य रहेको युएसएआईडी जल जंगल परियोजनाका ल्यान्डस्केप टिम लिडर मानबहादुर विक बताउँछन् । तालिमले स्वास्थ्यमा सुधार, वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण र जलवायु परिवर्तन अनुकूलन तथा प्राकृतिक विपद्का लागि पूर्वतयारीमा समुदायको क्षमता अभिवृद्धि गर्ने परियोजनाले जनाएको छ ।
गण्डकी प्रदेशलाई केन्द्रमा राखेर स्थापना भएको जलजंगल परियोजनाले जोखिम न्यूनीकरण, प्राकृतिक प्रणाली तथा जैविक विविधताको दिगोपना तथा संकटासन्न समूहहरूको जीविकोपार्जन, खाद्य सुरक्षा र आय आर्जनमा सहयोग पुर्याउनुका साथै नदी किनार संरक्षण, हिमताल फुटेर आउने बाढीको रोकथाम जस्ता स्थानीय तहको नेतृत्वमा हुने क्रियाकलापमा आधारित तालिम भएको युएसएआईडीका ल्यान्डस्केप टिम लिडर विकले सुनाए ।
तालिममा रुपान्तरण नेपालका कोअडिनेटर सोहनलाल श्रेष्ठ, रेविका गुरुङ, डा. कल्पना देवकोटा लगायतले प्रशिक्षण दिने छन् । शुक्रबारबाट सुरु भएको तालिम आइतबारसम्म चल्नेछ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया