महाकालेश्वर टोलमा हेमराज
पोखरा ।
पोखरा महानगरपालिका वडा नं ११ फूलबारी स्थित महाकालेश्वर टोल विकास संस्थाको शनिबार भएको नवौं साधारणसभा तथा अधिवेशनले हेमराज चालिसेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।
नवगठित समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिव भक्त शेरचन, कोषाध्यक्ष रवीन्द्रनाथ बस्तोला (हरि) छन् । समितिका सदस्यमा महेश्वर बास्तोला, मेनकुमारी पुन, सोमनाथ आचार्य, लक्ष्मी घिमिरे र शिवराज पौडेल निर्वाचित भए ।
साधारणसभाले कोषाध्यक्ष रवीन्द्रनाथ बास्तोला (हरि)ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव भक्त शेरचनले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले टोलको विकासमा वडाले सहयोग गर्ने बताए ।
टोलका अध्यक्ष चन्द्रकान्त रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका क्याम्पसका पूर्व क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोला, सल्लाहकार अविनाश आचार्य, हेमराज चालिसे, फणीन्द्र लामिछाने, तेजनारायण सुवेदी, लक्ष्मी गुरूड, महेश्वर बस्तोला, शिवराज पौडेल, सचिव भक्त शेरचन र उपाध्यक्ष निर्मला सुवेदीले बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया