तनहुँ उद्योग वाणिज्य संघमा बैकुण्ठ

पोखरा ।
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा वैकुण्ठनाथ मिश्र निर्वाचित भएका छन् । शनिबार मनोनयन दर्ताको कार्यतालिका रहेकोमा मिश्रको मात्र उम्मेदवारी परेको हो ।
वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल चुनिए । मल्लले अध्यक्षबाट उम्मेदवारी फिर्ता गरी वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेका थिए । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुवोध अधिकारीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
अध्यक्षमा निर्वाचित मिश्र अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित बनेका थिए । मल्ल अघिल्लो अधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित बनेका थिए ।
प्रथम उपाध्यक्षमा भने कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ (राक) को उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए । द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भीमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । अन्य पदमा पनि सर्वसम्मतिको पहल थालिएको छ ।
निर्वाचन तालिका अनुसार माघ ८ गते उम्मेदवारीमाथि छानबिन, १० गते उम्मेदवारी फिर्ता, १० गते नै अन्तिम नामावली प्रकाशन, १३ गते मतदान हुनेछ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया