महिला शान्ति र सुरक्षा सम्बन्धी जिल्ला निर्देशक समितिको बैठक

पोखरा ।
महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोस्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ ।
सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले दोस्रो राष्ट्रिय कार्ययोजना मुताबिक जिल्ला निर्देशक समिति गठन गरिएको बताए । उनले सोही मुताबिक पालिकामा समेत कार्ययोजनाका काम छिटोभन्दा छिटो अगाडि बढाइने उल्लेख गरे ।
प्रमुख पौडेलले समाजमा कुनै पनि किसिमका हिंसा, भेदभाव र अधिकार उल्लंघनका घटना नदेखिने गरी काम गर्न सरोकारवालाहरूलाई आग्रह गर्दै हिंसा र भेदभाव रहित कास्की निर्माणमा लागि पर्न आग्रह गरे । उनले समाजमा कुनै पनि खालका उड्पिडन रहेसम्म समृद्धि सम्भव नहुने उल्लेख गर्दै हरेक खालका अधिकार स्थापित गर्न युद्धस्तरमा काम गर्नुपर्ने विचार राखे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कास्कीका हरेक स्थानीय तहमा समिति निर्माण गरेर कार्य सम्पादन गर्ने भन्दै सहकार्यका लागि सरोकारवाला संघ संस्थाहरूलाई आग्रह गरे ।
जिल्ला समन्वय समिति कास्कीका उप–प्रमुख सरिता माल, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, मानव अधिकारका लागि एकल महिला समूह कास्कीका अध्यक्ष जुना केसी, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल, एड्भोकेसी फोरमका अध्यक्ष कुञ्जनी परियार प्यासी, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापा, द्वन्द पीडित महिला राष्ट्रिय सञ्जाल सदस्य कल्पना सुवेदीसहितले मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका विषयमा इन्सेक पोखराका प्रमुख शिव खकुरेल र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव नम्बर १३२५ र १८२० को सन्दर्भिकता सम्बन्धमा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले सहजीकरण गरेका थिए ।
निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन समितिका सदस्य सचिव एवं जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया