पुस्तक तथा स्टेसनरी व्यवसायीको सभा

पोखरा ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ३० औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभाले महासंघ कास्की सचिव सञ्जय आचार्यले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सूर्यमोहन आचार्यले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र आगामी कार्ययोजना अनुमोदन गरेको हो ।
महासंघले निर्धारण गरेका सबै कार्यक्रम समयमा नै सम्पन्न गर्ने, महासंघ गण्डकी प्रदेशको माघ २० गते पोखरामा हुने तेस्रो अधिवेशनको व्यवस्थापन गरिने भएको छ । जिल्लाहरुले विधान बनाएर जिल्ला दर्ता गर्ने र बन्ने जिल्ला संघहरुको केन्द्रीय छाता संगठनको रुपमा नेपाल स्टेसनरी व्यवसायी महासंघ रहने भएको छ । विधान तयार भईसकेका्ले अब छिट्टै दर्ता गरेर पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, कास्की नाममा परिणत हुने भएको छ ।
व्यवसायीका लागि सलिको इन्स्योरेन्सबाट १ लाखसम्मको दुर्घटना बिमा, युआरएलमा रक्त परीक्षण गर्दा ३० प्रतिशत तथा प्रभु इन्स्योरेन्समा इन्स्योरेन्स गर्दा १० प्रतिशत छुटको सुविधालाई निरन्तरता दिइने भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले १४ वर्षपछि कास्की नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रीय नेतृत्वको लागि अग्रसर भएकोमा लक्ष्य प्राप्तिका लागि शुभकामना दिए । व्यवसायिक संस्थालाई राजनीतिले बिगार्न नहुँदै जनाउँदै उनले एक मत भएर काम गर्न आग्रह गरे ।
आचार्यले भने, ‘म महासंघको अध्यक्ष भएको १४ वर्ष भईसकेछ । त्यसपछि कास्कीबाट केन्द्रीय नेतृत्वमा नपुगेको त्यो रिक्ततालाई यस पटक पूरा गर्ने गरी कास्कीले चयन गरेका उम्मेदवारहरु यहाँहरुकै पहलकदमीले जितको नतिजा निकाल्न सम्भव हुने अपेक्षा छ ।’
सो अवसरमा व्यवसायीको तर्फबाट भेषराज पौडेल, जिल्लाहरुको तर्फबाट स्याङ्जा अध्यक्ष छाँयादेवी लुइटेल, कस्मेटिक व्यवसायी संघको तर्फबाट अध्यक्ष दुर्गा बराल, गण्डकी अध्यक्ष लीलाराम गौतम, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, अर्जुप्रसाद पाण्डे, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन पोखरेल, गण्डकीका निवर्तमान अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, सल्लाहकार देवकृष्ण काफ्ले, केन्द्रीय सचिव शकुन्तलादेवी शर्मा, पत्रकार आरजू विष्ट सल्यानी लगायतले बोलेका थिए ।
कार्यक्रममा महासंघ गण्डकी प्रदेश सचिव तथा माघ २० गते पोखरामा हुने महासंघको अधिवेशनमा अध्यक्ष पदका आकांक्षी कृष्णप्रसाद पोखरेल, फागुन १८ र १९ गते काठमाडौंमा हुने केन्द्रीय अधिवेशनमा अध्यक्षका आकांक्षी ऋषि शर्मा भण्डारी र सचिवका आकांक्षी मोहनप्रसाद सापकोटाले महासंघलाई हाँक्न सक्ने सक्षम नेतृत्वको चाहना चुन्न आग्रह गरे ।
कार्यक्रममा विभिन्न कार्यक्रमको संयोजक भएर उत्कृष्ट काम गरेकाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा भुवन अधिकारी, प्रकाशप्रसाद पोखरेल, दीपेन्द्र पोखरेल, गीता अधिकारी र टीकाराम पौडेल रहेका छन् । यस्तै स्वास्थ्य सेवामा सहकार्य गरेका युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त तथा प्रिन्टिङ पार्टनर जिएस प्रिन्ट एण्ड सप्लायर्सलाई पनि सममान गरिएको छ ।
महासंघ कास्की अध्यक्ष कविन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष ध्रुव पोखरेलले पनि बोलको थिए ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया