गुप्तेश्वर क्याम्पसमा १ करोड ६ लाखको अक्षयकोष

समाधान संवाददाता २०८० माघ ८ गते १६:५८

गण्डकी ।
पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा १ करोड ६ लाख ८७ हजार ४८५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना भएको छ । क्याम्पसको १६ औं वार्षिकोत्सव समारोहमा स्थानीय समाजसेवी हरिप्रसाद लम्साल र सुमित्रा लम्साल दम्पत्तीले पुर्खाको सम्झनामा टीकाराम लम्साल स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनार्थ १ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेसँगै अक्षयकोषको रकममा वृद्धि भएको हो ।

Advertisement


यसअघि गुप्तेश्वर गुफा महादेव अक्षयकोष १ करोड, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको ५० हजार, प्राडा भूपति ढकाल(कमल) पुर्खाहरुको स्मृतिमा २ लाख २२ हजार, २२२, खगराज कला साहित्य उत्थान अक्षयकोष १ लाख १ हजार, लीलाकुमारी अक्षयकोष १ लाख, लक्ष्मी पौडेल जेहेन्दार तथा गरिब छात्रवृत्ति अक्षयकोष ५२ हजार, धर्मकला पौडेल स्मृति अक्षयकोष ५१ हजार १५१ गरिदिएका थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालले अधिवेशनको उद्घाटन गर्दै शैक्षिक क्षेत्रमा समुदाय र सामाजिक व्यक्तित्वको अतुलनीय योगदान रहँदै आएको बताए ।

हरिप्रसाद, सुमित्रा लम्साल दम्पत्तीले कोषमा १ लाख ११ हजार रुपैयाँ थप गरेका हुन्

Advertisement


गुणस्तरीय शिक्षा र सिपयुक्त जनशक्ति उत्पादन भएपनि मुलुकमा रोजगारीको अवसर प्राप्त गर्न नसक्दा शैक्षिक एवम् दक्ष्य युवाशक्ति विदेशिन बाध्य भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता आंैल्याए । त्रिविविले अन्तिम सेमेस्टरको परीक्षा एवं रिजल्ट क्यालेन्डरका आधारमा प्रकाशित गर्दै आएको बताउँदै उपकुलपति भुसालले विदेशी शैक्षिक संस्थालाई जथाभावि सम्बन्धन प्रदान गरेको कारण सामुदायिक क्याम्पसमा विद्यार्थीको आकर्षण घटेको स्पष्ट पारे ।


गण्डकी प्रदेश सभा सदस्यद्वय भीमबहादुर कार्की र प्रकाश बरालले मुलुक र समाजको आवश्यकतासंगै विश्व बजारको आवश्यकता अनुसारको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । क्याम्पस सञ्चालनमा अतुलनीय योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत ८८ जना विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति वितरण गरिएको थियो ।

Advertisement


शिक्षाशास्त्र संङकाय स्नातक तह (बिएड),व्यवस्थापन (बिबिएस), स्नातकोत्तर तह (एम्बीएस), बिएचएम र बिआइएमका कक्षा सञ्चालनमा त्रिविविबाट सम्बन्धन प्राप्त क्याम्पसमा हाल ९ सयभन्दा बढी विद्यार्थीमध्ये ७३ प्रतिशत छात्रा अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिविविका डिन प्राडा डिल्लीराज सुवेदी, त्रिविवि अनुसन्धान निर्देशनालयका निर्देशक सहप्राध्यापक विष्णुप्रसाद खनाल, कार्यवाहक वडा अध्यक्ष विक्रम गुरुङ, नेकपा एमालेका ऋषभ तिमिला, कांग्रेसका देवीप्रसाद आचार्य, माओवादीका शालिग्राम देवकोटा, भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमल भुजेल, सिर्जनशील विद्यार्थी मञ्चका अध्यक्ष शिवम शाही ठकुरी, लगायतले शैक्षिक क्षेत्रमा क्याम्पसले पुर्‍याउँदै आएको योगदानका बारेमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया