कृषि तथा पशुपक्षी केन्द्रको नयाँ भवन बन्दै

पोखरा ।
पोखरा महानगरपालिकामा पालिकास्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बन्ने भएको छ । पोखरा–५, मालेपाटनमा बन्ने उक्त भवन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय रुपन्देहीको २ करोड ४७ लाख ७८ हजार लागतमा भवन बन्न लागेको हो । १ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मा एमएस बिकेओ आइ विल्डर्स प्रालि काठमाण्डौंले पाएको छ ।
महानगर प्रमुख आचार्यले पोखराको कृषिको विकासमा महानगरले आवश्यक लगानी गर्दै आएको बताए । पशु सेवा केन्द्र पोखरामै बन्ने भएपछि आफूहरु उत्साहित भएको जनाउँदै उनले कृषि तथा पशुसेवा केन्द्र स्थापना भएपछि महानगरभित्र हुने कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना प्रमुख सुरेन्द्रप्रसाद पौडेलले कृषिलाई व्यवसायमा रुपान्तरण गर्न र कृषि उत्पादनको गुणस्तर बढाउनका लागि यो आयोजनामा विश्व बैंकको सहयोग रहेको जनाए । पशु सेवा केन्द्रहरु विशेषगरी मध्यपहाडी लोकमार्गले छोएका पालिकामा स्थापना गर्ने योजना छ ।
१२ कोठाको २ तले भवनले कृषिसम्बन्धी प्रयोगात्मक र प्रशासनिक काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया यो भवन निर्माण भएपछि महानगरलाई पशु तथा पशुपक्षीको क्षेत्रमा काम गर्न थप सहज हुने बताए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया