लेकफाँटमा लाटोकोसेरो तथा हुचिल उत्सव

पोखरा ।
पर्वतको जलजला गाँउपालिका ५ लेखफाँट लेप्रेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोमा उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभूत विद्यालयमा परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा यो उत्सव भएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
सव गर्नका लागि स्थानीय यामकुमारी गुरुङको सयोजकत्वमा १७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव मूल आयोजक समिति र विभिन्न ७ वटा उपसमिति गठन गरिएका छन् ।
उत्सवको समयमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी गरिनेछ ।
स्थानीय विद्यालयको नाँच, पन्चे बाजा, पुख्र्यौली नाँच, थिएटर नाँच, यानी माया, सालैजु लोपोन्मुख स्थानीय खेलहरु ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने खेल उत्सवमा रहने छन् । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षणसम्बन्धी नाँच तथा नाटक, गाँउपालिका स्तरीय चित्रकला, निबन्ध तथा कविता प्रतियोगितासमेत आयोजना गरिएको छ ।
सो अवधिमा लाटोकोसेरो तथा हुचिलको अस्थायी संग्रहालय समेतको निर्माण तथा प्रदर्शनीसमेत हुनेछ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएक सूचनाहरु, चित्रहरु, तथा फोटोहरु प्रदर्शनी पनि गरिनेछ । ९ प्रजातिका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचिलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ ।
उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोटसमेत प्रदर्शन गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोका नमुनाहरु पनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरु प्रस्तुति गर्ने छन् ।
उक्त अवसरमा चार अनुसन्धानकर्मी र संरक्षणकर्मीलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । संरक्षणकर्मीलाई जनही २५ हजार सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिनेछ । यस वर्ष पुरस्कृत हुनेमा, क्षेत्रपाटी काठमाण्डौका राजेन्द्र सुवाल, भजनी कैलालीका हिरुलाल डंगौरा, बाह्बिसे सिन्धुपाल्चोकका कुमार पौडेल र कोहलपुर, बाँकेका यामबहादुर रावत छन् ।
लामो समयदेखि चरा, सिमसार तथा वन्यजन्तु संरक्षणमा योगदान गरेको चरा संरक्षण नेटवर्क, कैलालीलाई सम्मान गर्न लागिएको छ । सो अवधिमा स्थानीय तहमा रहेर प्रकृति र पर्यापर्यटनमा योगदान गरेका आरके अदिप्त गिरी र समीर रेग्मीलाई ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिनेछ ।
प्रकृतिका साथीहरुले ४६ जिल्लामा १६ वर्षअघि गरेको प्रारम्भिक अध्ययनका आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटासम्म लाटोकोसेरा तथा हुचिलहरु मारिने तथा विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो । यो संख्या हाल आएर १ हजार ५ सय भएको छ ।
नेपालमा यिनीहरुको बासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातिहरु अभिलेख गरिसकिएको छ । जसमध्ये ९ प्रजाति नेपालमा दुर्लभ मानिन्छन् । विश्वमा २ सय ६० प्रजातिका लाटोकोसेरा पाइन्छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया