भूकम्प प्रतिरोधी भवन बनाउन तालिम

पोखरा ।
भूकम्प सुरक्षा दिवसको सन्दर्भमा पोखरामा कालिगढलाई भूकम्प प्रतिरोधी भवन निर्माणबारे तालिम दिइएको छ । निर्माण व्यवसायी समिति पोखराको आयोजनामा पोखरा महानगरपालिका र सोसाइटी अफ इन्जिनियरिङ कन्सल्टेन्सीको प्राविधिक सहयोगमा भएको एक हप्ता तालिम सोमबार सकिएको हो ।
‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने नाराका साथ यसपालिको भूकम्प सुरक्षा दिवस मनाइएको छ । कार्यक्रममा पोखरा महानगरका घर नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले तालिममा सिकेको सीप र प्रविधि भवन निर्माणमा प्रयोग गर्न आग्रह गरे । ‘पूर्वाधार निर्माणमा निर्माण व्यवसायी र प्राविधिकको महत्वपूर्ण भूमिका हुन्छ, यहाँहरु त्यो भूमिका निर्वाह गर्न अब्बल साबित हुनुहुनेछ भन्ने अपेक्षा छ,’ पौडेलले भने ।
समितिका अध्यक्ष शिवप्रसाद खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका इन्जिनियर नेत्रप्रसाद तिमिल्सिना, इन्जिनियर विवेककुमार खत्री, प्रशिक्षार्थी मोहनप्रसाद अधिकारी, सेकोनका इन्जियिर किसानसिंह गुरुङ, सल्लाहकार फुर्वादोर्जे गुरुङ, तालिम संयोजक विक्रम खत्री, समितिका उपाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे र महासचिव शिवकुमार राईले बोलेका थिए ।








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया