हरि र टीका प्रदेश खेलकुद परिषद सल्लाहकार
पोखरा ।
प्रदेश खेलकुद परिषद्ले हरिप्रसाद पराजुली र ओलम्पियन टीका बोगोटीलाई सल्लाहकार मनोनयन गरेको छ । परिषदको सातौं बोर्ड बैठकले उनीहरुलाई प्रदेश खेलकुद विकास नियमावली–२०७८ को नियम ३(ज) बमोजिम सल्लाहकारमा मनोनयन गरेको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवं परिषद अध्यक्ष सुशीला सिम्खडाको अध्यक्षतामा भएको सातौं बोर्ड बैठकले यो निर्णय गरेको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माले उनीहरुले खेलकुद क्षेत्रमा दिएको योगदानको कदर गर्दै सल्लाहकार मनोनयन गरेको जानकारी दिए ।
पोखरा ५ का पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हुन् । गोरखाका बोगोटी म्याराथन धावक हुन् । उनले सन १९८८ मा सिओल ओलम्पिकमा सहभागिता जनाएका थिए । अब परिषदमा सल्लाहकारको संख्या ११ पुगेको छ ।
बैठकले साबिक पश्चिमाञ्चल क्षेत्र र गण्डकी प्रदेशको तर्फबाट कम्तीमा राष्ट्रिय प्रतियोगितमा सहभागी पूर्व तथा वर्तमान खेलाडी आफैं वा तिनका छोराछोरी कक्षा ११,१२ र सो भन्दामाथि उच्च शिक्षासम्म अध्ययनका लागि सरकारी विद्यालय, क्याम्पस, विश्वविद्यालयमा मासिक शुल्क पूरै छुट तथा निजी क्षेत्रका विद्यालय, क्याम्पस, विश्वविद्यालयतर्फ ५० प्रतिशत छुटको व्यवस्था मिलाउन मन्त्रालयमा ३ महिनाभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
यसबारे सम्बन्धित पक्षसँग समेत पहल गर्न तथा सोबारे थप अध्यय गर्न परिषदका उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा परिषदका सदस्य विनय थापा र परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका विषयगत दुई प्रतिनिधिसहित ५ सदस्यीय कार्यदल बनाइएको छ ।
गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भएका पूर्व तथा वर्तमान खेलाडी, परिषदमा सूचीकृत रेफ्री, कोच (प्रशिक्षक)को स्वास्थ्य सेवा अन्तर्गत औषधी उपचारमा संघीय, प्रादेशिक र स्थानीय तहका सरकारी अस्पतालमा ओपिडी र आकस्मिक सेवामा दर्ता निशुल्क, ल्याब परीक्षण र सर्जरी सेवामा ५० प्रतिशत छुटको व्यवस्थाका लागि तथा निजी अस्पतालमा ओपिडी र आकस्मिक सेवामा दर्तामा ५० प्रतिशत छुट, ल्याब टेस्ट र सर्जरी सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाउन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेश गर्ने र सम्बन्धित पक्षलाई समेत अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले बाग्मती प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन २४–३० गतेसम्म गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० मा गण्डकी प्रदेशले सबै खेलका विधामा सहभागिता जनाउने निर्णय गर्दै लिएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडी छनोटका लागि जिल्ला र प्रदेश स्तरीय छनोट प्रतियोगिता सञ्चालन तथा सहभागिताका लागि आवश्यक पर्ने बजेट ३ करोड ५० लाख प्रस्ताव गरी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका लागि ३ करोड ६० लाख बजेट माग गरी प्रस्ताव मन्त्रालयमा पेश गरिने भएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया