सृजना बहिरा स्कुललाई गिजर सहयाेग

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको सिर्जना बहिरा माविको छात्रावासमा बस्ने विद्यार्थीलाई चिसोबाट बचाउनका लागि २ वटा गिजर सहयोग गरिएको छ । जाडोको समयमा विद्यार्थीलाई तातो पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं २६ को तर्फवाट २ वटा गिजर वडाध्यक्ष नरेन्द्र थापाले आइतबार एक कार्यक्रमका बिच स्कुललाई प्रदान गरेका हुन् ।
विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीको उपस्थितिमा अध्यक्ष थापाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठलाई ती सामग्री हस्तान्त्रण गरेका हुन् । अध्यक्ष थापाले छात्रावासमा बस्ने विद्यार्थीलाई जाडोको समयमा नुहाउनदेखि हातमुख धुनसमेत असुविधा पुगिरहेको अवस्थामा चिसोबाट बच्नका लागि वडाबाट गरिएको सहयोगलाई पूर्णरुपमा प्रयोग गर्न आग्रह गरेका थिए । विद्यालयमा ४६ जिल्लाका २ सय २५ जनामध्ये छात्रावासमा १ सय ५० जना बस्दै आएका छन् ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया