शिव श्रेष्ठको नेतृत्वमा गण्डकी अटोमोबाइल्स एसोसिएसन

पोखरा ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मोटर, मोटरसाइकल, काटर्स तथा पावरबोटिङ सम्बन्धी स्पोर्ट, अटोमोबाइल मोबिलिटी, ड्राइभ टुरिजम र सेफर मोबिलिटीसँग सम्बन्धित खेलाडी, प्राविधिक, अफिसियल, प्रमोटर तथा शुभचिन्तकहरुको राष्टिय संघ हो । माघ ८ गते एसोसिएसनको सातौँ प्रदेश संघको रुपमा गण्डकी प्रदेश अटोमोबाइल्स एसोसिएसन स्थापना भएको छ ।
शिव श्रेष्ठको अध्यक्षतामा गठित गण्डकी प्रदेश अटोमोबाइल्स एसोसिएसनमा ११ सदस्यीय तदर्थ समिति तथा ४ सल्लाहकारसमेत चयन गरिएको छ । समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, खिमबहादुर ढकाल र दीपेन्द्र कोइराला, सचिवमा कपिल किरण श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यमा क्रमशः ओस्कार श्रेष्ठ, आशिक लालचन, रविना श्रेष्ठ, दुर्गा गुरुब र प्रिन्स श्रेष्ठ छन् ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतको आतिथ्यमा भएको भेलामा अतिथिहरुले आफ्नो मन्तव्य राख्दै संघले अनुशासनमा रही खेलको मर्यादा र देशको नाम राख्ने र खेलकुदको माध्यमबाट गण्डकी प्रदेशको पर्यटनमा टेवा पु¥याउने आशा राख्दै नयाँ समितिलाई बदाई दिए ।
नवगठित संघले डा. धु्रव थापा प्रमखु सल्लाहकार तथा सल्लाहकारहरुमा भरतराज पराजुली र नारायणप्रसाद शर्माका साथै मिडिया सल्लाहकारमा रामकृष्ण ज्ञवालीलाई चयन गरेको छ । यस वर्षका लागि समितिले ३ वटा कार्यक्रमसमेत घोषणा गरेको छ । संघले गण्डकी प्रदेश खेलकुल परिषदबाट माघ ९ गते आवद्धता प्राप्त गरेको छ ।
कार्यक्रम पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, केन्द्रीय उपाध्यक्ष अनिलकुमार बराल, सचिव विनोद तन्डुकार तथा कार्यकारी निर्देशक तथा एफएलए वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टराई लगायत खेलकुदकर्मी, क्लबहरु, समाजसेवीहरु तथा शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया