राष्ट्रिय सभा निर्वाचन आज

पोखरा ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि बिहीबार निर्वाचन हुँदै छ । मतदानअघि २ माघदेखि निर्वाचन आयोगले आचार संहिता लागु गरेको छ । आयोगले १२ गतेसम्मका लागि आचार संहिता जारी गरेको थियो ।
गण्डकी प्रदेशमा ३ सिटका लागि निर्वाचन हुँदै छ । गण्डकी प्रदेशसभा सदस्यहरु र यो प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उक्त निर्वाचनको मतदाता हुन्छ । प्रदेशमा कुल मतभार ६ हजार ४ सय १० छ । यो प्रदेशमा गठबन्धनकै पल्ला भारी छ ।
गण्डकी प्रदेशसभा ६० सदस्यीय हो । यो प्रदेशमा ८५ पालिका छन् । पालिकाहरुबाट १ सय ७० मतदाता छन् । प्रदेशसभातर्फ ३ हजार १ सय ८० र स्थानीय तहतर्फ ३ हजार २ सय ३० मतभार छ । प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेशम कुल मतभार ६ हजार ४ सय १० छ ।
गण्डकीमा दलहरु एक्ला एक्लै चुनाव लड्ने हो भने कांग्रेस सबैभन्दा बलियो हो । तर माओवादीबाट मनरुपा शर्मा र कांग्रेसबाट पदम परियार र किरणबाबु श्रेष्ठ उम्मेदवार छन् । एमालेबाट अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, महिलाबाट सम्झना देवकोटा र अल्पसंख्यक तथा अपांगताबाट हेमन्द्र शेरचन उम्मेदवार छन् । राप्रपाले अन्यबाट रोमबहादुर भण्डारी र महिलाबाट गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
आचारसंहिता लागु भएको अवधिमा कुनै सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइन्न । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न नपाइने आयोगले जनाएको छ । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार पोखरा आएर निर्वाचनका मतदाता रहेका प्रदेश सभा सांसदको भेला गरी सत्ता गठबन्धनका उम्मेदवारलाई समेत भेटेका छन् ।
श्रेष्ठसँगको भेटघाटलाई गठबन्धनकै मतदाताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । श्रेष्ठले बुधबार लेकसाइडको टीका रिसोर्टमा माओवादी र कांग्रेसका सांसद, मन्त्री र उम्मेदवार र मतदाताको भेलामा भेटघाट गरे ।
केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारमा सहभागी हुँदा सरकारी स्रोत र साधन प्रयोग गर्न नपाउने आयोगले बनाएको आचारसंहितामा उल्लेख छ । तर गृहमन्त्री सरकारी स्रोत, साधनबाटै पोखरा आएका हुन् । उनी बुधबार सशस्त्र प्रहरीको आवासमा बसेको सुरक्षा स्रोतले जनाएको छ ।









कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
एकता माविमा शैक्षिक प्रदर्शनी
एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया