थ्रि स्टार सेमीफाइनलमा

पोखरा ।
आहा रारा पोखरा गोल्ड कपको पहिलो क्वाटर फाइनलमा थ्रि स्टारसँग स्तब्ध हुँदै पाहुना टोली पारो एफसी प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भएको खेलमा थ्रिस्टारका आशीष चापागाईं चम्किँदा पारो पहिलो खेलमै पराजय भोग्दै घर फर्किन बाध्य भएको हो ।
निर्धारित ९० मिनेट र थपिएको ४ मिनेट इन्जुरी समयमा समेत खेल गोलरहित बराबरी भएपछि ३० मिनेट समय थपिएको थियो । खेलको १ सय १४ औँ मिनेटमा थ्रिस्टारका चापागाईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पेनाल्टी बक्सबाट उनले गरेको उत्कृष्ट प्रहार पारोका गोलरक्षकले रोक्ने अवसर नै पाएनन् । पहिलो गोल गरेको ५ मिनेटपछि चापागाईले अर्काे गोल थपेपछि थ्रिस्टारको जित सुनिश्चित बन्यो ।
थ्री स्टार आहा राराको सेमिफाइनलमा प्रवेश गरेको छ । अब थ्री स्टारले मनाङ मस्र्याङ्दी र जावलाखेलबीच हुने तेस्रो क्वाटर फाइनलका विजेतासँग खेल्नेछ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने निकै अवसर पाए पनि परिणाम निकाल्न सकेनन् ।
ललितपुरको थ्री स्टार क्लबले अहिलेसम्म पाँच पटक आहा राराको उपाधि जितेको छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि जितेको थियो । भुटानको लिग च्याम्पियन पारो एफसी भने पहिलो पटक पोखरामा आएको हो । थ्री स्टार यसपालिको उद्घाटन खेलामा आयोजक सहारा क्लबलाई २–१ ले पराजित गर्दै क्वाटर फाइनल पुगेको हो । पारो भने बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न नेपाल आएको हो ।
आइतबार साबिक विजेता संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया