दुर्गाको जीवनी पुस्तकमा

पोखरा ।
साहित्यकार दुर्गा न्यौपानेको आत्मकथा ‘नदेखिएका घाउ’ शनिबार सार्वजनिक भएको छ कस्केली अधिकृत समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गरे ।
दुर्गा कस्केली अधिकृत समाजकी आजीवन सदस्यसमेत हुन् । कार्यक्रममा साहित्यकार सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभई समाजमा पनि उत्तिकै हुने जनाए । ‘आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्यसमेत हुन्छ,’ उनले भने ।
साहित्यकार न्यौपानेले अजीवनका भोगाई र अनुुभवलाई कृतिमा समेट्ने प्रयास गरेको सुनाइन् । कृति अध्ययन गरी रचनात्मक सुझाव दिन अनुरोध गर्दै पाठकको सुझावअनुसार आगामी साहित्यिक यात्रालाई अघि बढाउने उनको भनाइ छ ।
समीक्षक जगन्नाथ रेग्मीले साहास, संघर्ष र धैर्यको कथा ‘नदेखिएका घाउ’मा रहेको जनाए । प्राडा रामनाथ ओझाले आत्मकथा लेखन आफैंमा धेरै चुनौतीपूर्ण हुने जनाउँदै उनले न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको उल्लेख गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य दुर्गाबहादुर शाह(बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको योगदानबाट साहित्य र वाङ्मय क्षेत्रअघि बढ्ने उल्लेख गरे ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कविता पाण्डे, समाजका सचिव महेश पौडेल र उपाध्यक्ष लोकनाथ दवाडीले समेत धारणा राखेका थिए ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया