पोखरामा पालिकास्तरीय पर्यटन रणनीति तर्जुमा कार्यशाला शुरु

पोखरा ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा सञ्चालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय– गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशको राजधानी पोखरामा ‘स्थानीय सरकारको पर्यटन प्रवद्र्धन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला’ सुरु भएको छ ।
गण्डकी प्रदेशका २४ वटा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा/योजना शाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता वृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा पर्यटनको विकास, पर्यटन रणनीति, पर्यटन नीति , पर्यटन कार्ययोजना तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिनुका साथै पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकास गर्न तथा स्थानीयतहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
पालिकाका पर्यटकीय स्थलको ब्रान्डिङ बजारीकरण तथा सञ्चार रणनीति बन्ने
कार्यशालामा गण्डकी प्रदेश अन्तरगत रहेका पोखरा महानगरपालिका, पुतलीबजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवचुली नगरपालिका र भीरकोट नगरपालिका तथा मनाङ निस्याङ, माछापुच्छ्रे, अन्नपूर्ण, अर्जुनचौपारी, फेदीखोला, बन्दीपुर, बेसीसहर, बारपाक सुलिकोट, गेखर दामोदरकुण्ड, काठेखोला, घरपझोङ, महाशिला, रिसिङ, मोदी, क्होलासोथार र दार्चे लगायतका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको छ ।
कार्यशालामा नेपाल सरकारका पूर्वसहसचिव तथा सहजकर्ता रमेशकुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीती आवश्यक भएकाले सोही अनुरुप यो कार्यशाला आयोजना गरिएको जानकारी दिए ।
कार्शशालामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेलले पर्यटन विकासका लागि मन्त्रालयले गरिरहेका कार्यहरु र आगामी कार्ययोजनाका बारेमा, पर्यटन विभागका निर्देशक राकेश गुरुङले विभागले चालु आवमा सञ्चालन भएका योजना र प्रदेशका विभिन्न पालिकामा गरिरहेका कार्य तथा स्थानीय निकायसंगको सहकार्यका विषयमा, नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले परियोजनाले गरेका गतिविधिबारे प्रस्तुतीकरण दिए ।
उद्योग पर्यटन वन तथा वातावराण मन्त्रालय गण्डकीका उपसचिव रामप्रसाद आचार्यले प्रदेश पर्यटन मन्त्रालयको पर्यटन योजना लगायतका विषयमा, नेपाल पर्यटन बोर्डका शाखा अधिकृत कविन्द्र भट्ट तथा सिताराम दाहालले बोर्डले पर्यटन प्रवद्र्धन, ब्रान्डिङका क्षेत्रमा गरिरहेका कार्यबारे र नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टिपी भुसालले पर्यटन प्रवद्र्धनमा आमसञ्चार माध्यमको भूमिका र सञ्चार क्षेत्रसँगको सहकार्य लगायत विषयमा प्रस्तुतीकरण गरे ।
कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुले आइतावार सोमबार आ–आफ्नो पालिकाको पर्यटन नीति, कार्ययोजना निर्माण तथा सञ्चार सहकार्यका विषयमा रणनीति तयार पार्ने तथा त्यसको कार्यान्वयनको खाका तयार पार्नेछन् ।









एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया