फेकोफन पोखरा ११ मा कुमार

समाधान संवाददाता २०८० माघ १४ गते १३:००

गण्डकी ।
वन समूहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा ११ मा सम्पन्न भेलाले कुमार क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ ।


कमिटीको उपाध्यक्ष कल्पना सुवेदी बास्तोला, सचिव सुनिता आचार्य, कोषाध्यक्षमा हीराबहादुर केसी र सदस्यहरुमा क्षेत्रबहादुर कार्की,पार्वती आचार्य, यमकुमारी गुरुङ, सावित्री आचार्य, भीमप्रसाद आचार्य र जमुना बास्तोला छन् । पोखरा महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष प्रेमप्रसाद कर्माचार्यले भेलाको उद्घाटन गर्दै प्राकृतिक श्रोतबाट आयआर्जन एवम् रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।


वन उपभोक्ता समूहले वनसँगै सार्वजनिक जग्गाको समेत संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले स्वदेशी वन पैदावार उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प नभएको बताए ।

Advertisement


सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले स्वदेशी काठ वनमा कुहिने र विदेशी काठ आयातमा वार्षिक अर्बौं रुपैयाँ बाहिरिने प्रवृत्तिको अन्त्य हुनु पर्ने औंल्याए ।


महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले विश्वमा नेपाल सामुदायिक वनको देशकारुपमा परिचित हुन सफल भएको बताउँदै वन पैदावार उपयोगमा सर्वसुलभ नीति आवश्यक रहेको बताए ।

Advertisement


महासंघ पोखराका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, महानगर उपाध्यक्ष भरतराज आचार्य, सचिव सिता सापकोटा, नवनिर्वाचित अध्यक्ष कुमार क्षेत्री, लगायतले वनको महत्व र उपयोगिताबारेमा प्रकाश पारे । कार्यक्रममा ११ वटा सामुदायिक वन उपभोक्ता समुहका ४० जनाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया