पेशागत बिमा अधिकर्ता संघ लेखनाथमा नयाँ नेतृत्व

लेखनाथ ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी (नेपाल) शाखा समिति लेखनाथको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि वर्तमान सहसचिव सुन्दर शर्मा पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा आगामी २ वर्षका लागि चयन भएको समितिको उपाध्यक्षमा प्रतीक्षा रानाभाट सचिवमा बलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा धनकुमारी बराली, सहसचिवमा सुरक्षा भट्टराई र सदस्यहरुमा मुरलीमोहन तिवारी, यमकुमारी भुजेल, मेनुका भण्डारी र प्रतीक्षा पौडेल छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीले बिमाको आवश्यकता र महत्वका बारेमा सवै वर्ग र तहलाई जानकारी गराउनका लागि अधिकर्ताहरु संगठित भएर पेशागत सुरक्षाको प्रत्याभूति हुने गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले संगठन विना आफना अधिकार स्थापित गर्न नसकिने भएकाले संस्थाको आवश्यकतालाई सबैले ध्यानमा राख्नुपर्ने सुझाव दिएका थिए ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति एलआइसी (नेपाल) शाखा समिति लेखनाथका अध्यक्ष भीमपाणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा एलआइसी नेपाल गण्डकी प्रदेश प्रमुख हेमराज जोशी, पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एलआइसी नेपालका सचिव अमन श्रेष्ठ, पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति एलआइसी (नेपाल) शाखा समिति पोखराका अध्यक्ष देवी तिमिल्सेना, एलआइसी नेपालका लेखनाथ शाखा प्रमुख सुरज भट्ट लगायतले बिमा बजारको सबलीकरणका लागि देशको अर्थतन्त्र चलायमान हुनुपर्नेमा जोड दिएका थिए ।
पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिति एलआइसी (नेपाल) शाखा समिति लेखनाथका सचिव प्रकाश राईभाटले सञ्चालन गरेको कार्यक्रममा सहसचिव सुन्दर पौडेलले स्वागत र कोषाध्यक्ष बलबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया