रेडक्रस पोखरा १७ को सभा
पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा सत्र उपशाखाको १८ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उदघाटन गरे । पौडेलले रेडक्रसले सामाजिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
सभामा संस्थाका पूर्वसभापति तीर्थराज अधिकारी, निवर्तमान सभापति झपिन्द्रराज रेग्मी, रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का, रेडक्रस पोखरा १७ का समन्वयकर्ता पार्वती कार्की, पोखरा महानगर पालिका वडा नम्बर १७ की अध्यक्ष राधिका शाही, ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष टोपराज ढुंगाना, समाजसेवी हरिप्रसाद बराल सहितले मन्तव्य व्यक्त गरेका थिए ।
सभामा उप सचिव नारायण अधिकारीले उपशाखाको वार्षिक प्रगति प्रतिवेदनसहित आगामी वर्ष आयोजना गरिने कार्यक्रमको योजना प्रस्तुत गरे । सभाले कोषाध्यक्ष शिबराम भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा सभापति हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, उपसभापति रवीन्द्र श्रेष्ठले रेडक्रसका ७ सिद्धान्त बाचन, स्वागत उपसभापति लक्ष्मी अधिकारी र सञ्चालन सचिव चूडामणि बरालले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया