डोना एफसी फुटसल च्याम्पियन

पोखरा ।
विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाइबेकरमा ४–३ ले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।
च्याम्पियन बनेसँगै डोना एफसीले ५५ हजार ५ सय रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । खेल संयोजक विकास साईले डोना एफसीका विनय तामाङ सर्वोत्कृष्ट खेलाडी बनेको जानकारी दिए ।
सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशीष गुरुङले प्रतियोगिता अवधिभर १० गोल गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए ।
प्रतियोगितामा २८ टिमको सहभागिता थियो । विजेता तथा उपविजेता टोलीलाई पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्णबहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साईले पुरस्कार वितरण गरेका छन् ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया