तनहुँमा माेटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

समाधान संवाददाता २०८० माघ १५ गते ११:०९

तनहुँ ।

Advertisement

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालकको मृत्यु भएको छ । आइतबार राती भएको दुर्घटनामा परि आबुखैरेनी–३ का २६ वर्षीय सफल राना मगरको मृत्यु भएको हो ।

आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशामा आउँदै गरेको प्र ३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

Advertisement

दुर्घटनामा घाइते भएपछि रानालाई आबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राती १२ बजे चिकित्सकले मृत घोषणा गरेको उनले जनाए । मिनी ट्रक र त्यसको चालक इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया