पिकनिक स्पट बन्दै घार्मी

पोखरा ।
पोखरानजिकै रहेको पर्यटकीय गाउँ घार्मी पछिल्लो समय पिकनिक र घुमघामका लागि आर्कषक गन्तव्य बन्दै गएको छ । पोखरा १९ मा पर्ने घार्मीको राम्चे, गिद्ध बस्ने डाँडा, रातामाटा, पाताल डाँडा पछिल्लो समयमा वनभोज गर्न र छोटो पदयात्राका लागी आन्तरिक पर्यटकको आर्कषक गन्तव्य बनेका छन् ।
केही वर्षअघि नेपाल पत्रकार महासंघ कास्कीले वनभोजपछि विस्तारै चर्चामा आएको घार्मी अहिले भने आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । हिउँदमा मंसिर १५ देखि चैतको पहिलो हप्तासम्म पिकनिक गर्नका लागि दैनिक जसो विभिन्न समूह त्यहाँ पुग्ने गरेको लब वाइट रेस्ट्रोका सञ्चालक हिमलाल पौडेलले बताए ।
पर्व र बिदाका दिनमा आन्तरिक पर्यटकले भरिने यो ठाउँबाट पोखराको रमणीय दृश्यसहित अन्नपूर्ण हिमश्रृंखला, धवलागिरी, माछापुच्छे्र हिमाल देख्न सकिन्छ । महेन्द्र गुफावाट नजिकै रहेको गिद्घ बस्ने डाँडामा पछिल्लो समय पिकनिक स्पट नै निर्माण गरिएको छ । पोखरासहित देशका विभिन्न ठाउँबाट दैनिक जसो टोली आउने गरेको स्थानीय लेखनाथ लामिछानेले बताए । त्यहाँ पानी, बिजुली, पिकनिकका लागि आवश्यक सामग्री र शौचालयसमेत प्रबन्ध गरिएको छ ।
घार्मीमा रहेको घार्मी भ्यु टावरवाट पोखरा, हेमजा, भलाम, काहुँ, सराङकोट, अर्मलाकोट लगायतका ठाउँ अवलोकन गर्न सकिन्छ । लामाचौर र महेन्द्र गुफाबाट करिब ३ किलोमिटरमा घार्मी पैदल यात्रामार्फत आधा घण्टामा पुग्न सकिन्छ भने सवारी साधनमार्फत १० मिनेटमै पुगिन्छ । आन्तरिक पर्यटकको संख्या बढ्दै गएपछि त्यहाँका स्थानीय उत्पादनले समेत बजार पाएका छन् ।
स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल तथा दूधले बजार पाउँदा स्थानीय हर्षित छन् । घार्मीको पर्यटकीय सुन्दरता नियाल्दै कुरेचौर र हरिपाउँसमेत पुग्न सकिन्छ । त्यहाँ पुग्ने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी रेस्टुरेन्टहरु खुलेका छन् ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया