४६ युनिट रगत संकलन

पोखरा ।
पृथ्वी होटल व्यवसायी समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । व्यवसायीका हितका साथै विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको समितिले १५ औं स्थापना दिवसको अवसर पारेर सोमबार रक्तदान आयोजना गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ अध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्त पौडेललाई ब्लड ब्याग हस्तान्तर गरी रक्तदान सुरुआत गरे । उनले पृथ्वी होटल व्यवसायी समितिले आफ्नो व्यवसायिक हितका अलावा रक्तदानसहित विभिन्न रचनात्मक कार्य गरेकोमा धन्यवाद दिए ।
समितिका अध्यक्ष अमृत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा फोन पे गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण सिग्देल, नबिल बैंक सभागृहचोकका म्यानेजर प्रदीप पहारी, वरिष्ठ उपाध्यक्ष मोति श्रेष्ठ, कार्यक्रम संयोजक शोभाकान्त चापागाईं लगायतले बोलेका थिए । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।







निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया