इमेज सहकारीकी कोषाध्यक्ष सुनार पुर्पक्षको लागि जेल चलान

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्था ठगीमा संलग्न सहकारी सञ्चालक समिति कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् । जिल्ला अदालत बागलुङले सोमबार कोषाध्यक्ष सुनारलाई पुर्पक्षको लागि जेल चलान आदेश दिएको हो ।
असार १० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी सुनारलाई माघ ११ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।
७ वैशाखदेखि इमेज सहकारी संस्था बन्द छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको राजधानी पोखरासँगै बागलुङ, बुर्तिबाङ, गलकोटमा गरी १ अर्ब ५४ करोड रूपैयाँ बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।
रेड कर्नर नाेटिस जारी भएका मेयर देवकुमार नेपाली भने फरार छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया