पोखरा १७ मा समुदायमा कांग्रेस अभियान

पोखरा ।
नेपाली कांग्रेस पोखरा–१७ ले समुदायमा कांग्रेस अभियानको शुभारम्भ गरेको छ । शहिद दिवस माघ १६ को अवसरमा कार्यक्रम सुरूवात गरेको कांग्रेस पोखरा–१७ का सभापति देवराज आचार्यले जानकारी दिए ।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधिका रूपमा खटिएका नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति कास्की २ का सभापति दिनेश आचार्यले केन्द्रीय परिपत्र र यसको उद्देश्यका बारेमा शुभारम्भ कार्यक्रममा जानकारी गराएका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य विन्दादेवी आले रानाले नेपाली कांग्रेसले आफूले गरेका राष्ट्रहितका कामलाई जनतामा पु¥याउने र समुदायसँग अत्यन्तै निकट रहनुपर्नेमा जोड दिए । यसैगरी कांग्रेस महाधिवेशन प्रतिनिधि एवं जिल्ला प्रतिनिधि मदन बस्नेतले अभियानले कांग्रेसलाई नयाँ उचाइमा पुरयाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला प्रवक्ता युवराज लामिछाने ‘युवक’, प्रदेश सम्मेलन सदस्य लिलकाजि गुरूङ, इकाई सचिव प्रेमप्रसाद ढकाल लगायतले भनाई राखेको कार्यक्रम सञ्चालक एवं इकाईका सचिब विनम गुरूङले जानकारी दिए ।
कांग्रेसको परिपत्र अनुसार २०८० माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सुरू भएको छ । जस्को माघ १६ गते देशैभरिका ६,७४३ वटा वडामा एकैपटक शुरूवात हुने कार्यक्रम रहेको पनि सचिव गुरूङले जानकारी दिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया