खानेपानीको गुणस्तर कायम गर्न तालिम

पोखरा ।
स्यापोरो वाटर वर्कस् ब्युरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा मंगलबारदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ ।
खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी संस्थान पोखरा शाखाको पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गर्नका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ नेपाल खानेपानी संस्थानअन्तर्गतका इन्जिनियर र अन्य प्राविधिक कर्मचारी गरी १५ जनालाई तालिम दिन लागिएको हो ।
तालिमका लागि जापानबाट ११ जना विशेषज्ञको टोली माघ १४ मा नेपाल आई नेपाल खानेपानी संस्थानको केन्द्रीय कार्यालय र खानेपानी मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरी पोखरा आएको हो । पोखरामा हुने तालिमका क्रममा मर्दीखोला ड्याम, नवनिर्मित पानी थिग्र्याउने प्रणाली र पुरनचौरस्थित मुख्य पानी शुद्धीकरण प्लान्ट, हेमजा लगायत पोखराको विभिन्न स्थानमा रहेका पानी वितरण प्रणालीहरूको अध्ययन र जाँच गरी देखिएका समस्या समाधान गर्न सहयोग गरिने जनाइएको छ ।
तालिम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले संयुक्त रूपमा सुरुआत गरे । कार्यक्रममा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगरपालिका क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउने विषय प्राथमिकतामा रहेको बताए । उनले जाइकाको सहयोगमा अहिले अन्तिम अवस्थामा पुगेको खानेपानी परियोजनामा सञ्चालनमा आएपछि पोखराको खानेपानीका समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरे ।
पोखरा प्रकृति, संस्कृति र साहासिक पर्यटनको सहर भएको जनाउँदै उनले चाडै पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने जनाए । मेयर आचार्यले तालिममा सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरे । उनले खानेपानी परियोजनामा कुनै समस्या आए सहयोग गर्न महानगर तयार रहेको सुनाए ।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले तालिमले पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गराउन महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे । तालिम आगामी माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा उपत्यका खानेपानी सुधार आयोजनाको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । थपिएको ६ महिना अवधिमा काम सम्पन्न गरी खानेपानी संस्थानलाई आयोजना हस्तान्तरण हुनेछ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया