नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा

पोखरा ।
एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुँदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अडिसन हुन लागेको हो ।
गायन क्षेत्रमा रुचि भएकाहरु आइडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा सहभागिता जनाउन सक्नेछन् । पुस २१ गते झापाबाट सुरु भएको सिजन ५ को अडिसन पोखरामा हुदाँ यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् ।
नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म भएको निर्देश सुरेश पौडेले जानकारी दिए । उनले पोखराबाट धेरै प्रतिभाहरु नेपाल आइडलका अघिल्ला सिजनहरुमा आएको भन्दै यस पटक पनि उत्कृष्ट प्रतिभा पोखराबाट आउने बताए ।
नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखराकै हुन् । पोखरा अडिसका लागि नेपाल आइडलको ७० जनाको टोली पोखरा आउँदै छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया