सिमसार दिवस मनाइयो

समाधान संवाददाता २०८० माघ २१ गते १५:०७

पोखरा ।
सन् १९९७ मा रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीको स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ । सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित मनाउन सुरु गरिएको यो दिवसको सन् २०२४ को नारा ‘सिमसारः मानव हितको आधार’ छ ।

Advertisement


दिवस पोखरा ३० को मैदीताल परिसरमा मनाइएको हो । कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव डा रामचन्द्र कँडेलले सिमसार क्षेत्रमा हुने प्रदूषण रोक्नुपर्ने, सिमसारको संरक्षण, दिगो व्यवस्थापन र स्थानीय रूपमा सिमसार पुनस्रथापना गर्नुपर्नेमा जोड दिए । ताल संरक्षण तथा विकास प्राधिकरण पोखराको आयोजनामा भएको कार्यक्रममा मैदीताल मत्स्य तथा कृषि पर्यटन सहकारीका अध्यक्ष भरतप्रसाद तिवारीले सिमसार र मानिस जीवन अन्तर सम्बन्धित भएको उल्लेख गरे ।


मैदीताल संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमा पोखरा ३० का जनप्रतिनिधि विनोदप्रसाद लामिछाने, महाशाखा प्रमुख घनेन्द्रबहादुर खनाल, कार्यक्रम अधिकृत कमल लम्साल, ताल संरक्षण समितिको तर्फबाट गुदेताल संरक्षण समितिका सूर्यप्रसाद भण्डारी, फोकोफनका विश्वराज लामिछाने लगायतले वन क्षेत्रका समस्याका साथै सिमसारबाट मानिसले लिनसक्ने फाइदाबारे बोलेका थिए ।

Advertisement


रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी, ताल समूह, राराताल, शे–फुक्सुन्डो ताल, गोसाइकुण्ड ताल समूह, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ९ वटा ताल समूह गरी १० वटा सिमसार सूचीकृत भएका छन् । यी सिमसार क्षेत्रले ओगटेको क्षेत्रफल ३० हजार ५ सय ६१ हेक्टर छ ।

Advertisement

तपाईको प्रतिक्रिया