एग्रिकल्चर प्रोफेसनल सोसाइटी गण्डकी गठन

समाधान संवाददाता २०८० माघ २१ गते १५:१६

पोखरा ।
शनिबार भएको भेलाले एग्रिकल्चर प्रोफेसनल सोसाइटी, गण्डकी (एप्रोस) गठन भएको छ । अर्जुनदेव ज्ञवालीको संयोजकत्वमा रहेको समितिमा ज्योति क्षेत्री, नारायणप्रसाद पाठक, पवन थापामगर, विनोद शर्मा, मिलन आचार्य र प्रकाश बस्नेत सदस्य छन् ।

Advertisement


गण्डकी प्रदेशमा रहेका कृषिका विशेषज्ञ र प्राविधिकबिच सहयोग, सदभाव र प्राविधिक सञ्जाल अभिवृद्धि गर्दै विकसित कृषि प्रविधि र अनुभवको साटासाट गर्न एवं प्राविधिक दक्षता अभिवृद्धि गर्न संस्था गठन गरिएको हो । समितिले विधान मस्यौदा तयारीदेखि सोसाइटी दर्ता र ६ महिनाभित्र पहिलो अधिवेशन गर्ने जिम्मेवारी पाएको छ ।


सोसाइटीले कृषि विषय लिई कम्तीमा स्नातक तहको शैक्षिक योग्यता हासिल गरेका शिक्षण, अनुसन्धान र विकास, प्रसार, वित्तीय क्षेत्र, परामर्श, उद्यमशीलता विकास आदि क्षेत्रमा क्रियाशील सेवारत र सेवानिवृत प्राविधिकलाई समेट्ने बताइएको छ ।

Advertisement

सोसाइटीले उल्लिखित उद्देश्यको अलावा कृषि प्राविधिकहरूको सबल नेतृत्व तथा सहभागितामा कृषि क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउन र परिवर्तित सन्दर्भमा कृषि विकासको रणनीति र उपागम सम्बन्धमा अन्तरक्रिया, अध्ययन–अनुसन्धान गर्दै सरकार र अन्य सरोकारवालालाई सचेतीकरण र पृष्ठपोषण प्रदान गर्ने उद्देश्यसमेत लिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया