विदेशको कमाइले स्वदेशमा सहयोग

समाधान संवाददाता २०८० माघ २१ गते १५:१८

लेखनाथ ।
रोजगारीका सिलसलामा २५ वर्षदेखि अमेरिकामा रहेका कास्कीका प्रताप रसाइलीलाई स्वदेशमा आउँदा कुनै नै कुनै सामाजिक कार्यमा सहयोग गर्ने बानी परेको छ ।

Advertisement


कास्कीको घान्द्रुक पुरानो घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २७ को सिसुवामा बस्दै आएका ५४ वर्षीय रसाइली रोजगारीको सिलसिलामा अमेरिका रहे पनि आफनो मन मुटु नेपालमा नै भएको उनी सुनाउँछन् । आफू नेपाल आउँदा कुनै न कुनै सामाजिक कार्यमा जोडिने चाहना भएकाले योपटक उनले पोखरा २७ को श्रीकृष्ण प्रणामी वृद्ध तथा बालआश्रमका बालबालिकाहरुका लागि विद्यालय पोसाक र स्टेसनरी सहयोग गरेको उनले सुनाए ।


नेपालको प्राकृतिक सुन्दरता र नेपालीहरुमा रहेको इमान्दारिपनलाई आत्मसात गर्दै रसाइलीले आफनो जन्मगाउ घान्द्रुकमा खानेपानी, बाटो, विद्यालय तथा अन्य मठ मन्दिरहरुमा सहयोग गरेर सवैको मन जित्न सफल भएको उनी बताउँछन् ।

Advertisement


रसाइली परिवारले शनिबार बिच पोखरा २७ डाँडाकोनाकमा रहेको श्रीकृष्ण प्रणामी वृद्ध तथा बाल आश्रममा आश्रित बालबालिकाहरुका लागि विद्यालय पोसाक र स्टेसनरी सहयोग प्रदान गरेका छन् । रोजगारीको सिलसिलामा विगत २५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आइरहेका प्रताप रसाइली र उनकी श्रीमती रुपा रसाइलीले पोखरा २७ की वडा सदस्य बुद्धिमाया मगरको पहलमा आश्रममा आश्रीत १५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक र स्टेसनरी प्रदान गरेका हुन् ।


सहयोग प्रदान गर्दै रसाइलीले आफूले विभिन्न समयमा यस्ता सहयोगका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै विद्यार्थी भाइबहिनीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।

Advertisement


आश्रमकी सञ्चालिका कला गुरुङले सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो परिवार र बाल बच्चालाई मात्र त पशुपंक्षीले पनि पालनपोषण गर्ने तर मानवको रुपमा जन्म लिइसकेपछि दुखी गरिब र असहायलाई पनि सेवा गर्न सक्नु नै सबैभन्दा ठूलो धर्म हुने बताएकी थिइन् ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २७ की वडा सदस्य बुद्धिमाया मगरले आश्रित बालबालिकालाई गरेको सहयोगले उनीहरुको लक्ष्य र उद्देश्य हासिल गर्न सघाउ पुर्‍याउने बताउँदै यसमा राज्यले पनि ध्यान दिनुपर्ने र सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएकी थिइन् ।


उक्त अवसरमा आश्रमका १०८ स्वामी विष्णु वशिष्ठ महाराजले आश्रममा रसाइली परिवारले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरताका लागि आग्रह गरेका थिए । आश्रममा विभिन्न जिल्लाबाटका असहाय तथा अनाथ १५ जना बालबालिकाहरु बस्दै आएका छन् ।उनिहरु नजिकै रहेको लक्ष्मी आदर्श माविमा पठन पाठन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया