सन्जोक बने गोल्डकप महापण्डित

समाधान संवाददाता २०८० माघ २२ गते १५:२२

पोखरा ।
रेडियो अन्नपूर्णद्वारा आयोजित गोल्डकप महापण्डित कास्कीको रुँपा गाउँपालिका ७ का सन्जोक भट्टराई बनेका छन् । पोखरामा माघ ९ देखि २० गतेसम्म सञ्चालन भएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८० अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला भन्ने प्रश्नमा अनुमानित उत्तर दिने स्रोताहरुमा मध्येबाट गोलाप्रथामार्फत भट्टराई वजेता बन्न सफल भएका हुन् ।

Advertisement


आइतबार रेडियोमा आयोजित विशेष कार्यक्रममा उनलाई रेडियोका प्रवन्ध निर्देशकद्वय विजेश पालिखे र बरदान लामा, स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका सेल्स अफिसर बमबहादुर बराल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, रेडियोका जनरल म्यानेजर नारायण पौडेलले संयुक्त रुपमा भट्टराईलाई ३२ इन्चको वेगा टेलिभिजन, सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र एक कार्टुन रारा चाउचाउ हस्तान्तरण गरेका हुन् ।


बिजेता भट्टराईले आफूले सोंच्दै नसोंचेको उपहार परेकोमा खुसी व्यक्त गरे । पाँच पटक उपाधि विजेता बनेको थ्री स्टार क्लबलाई ३–० ले हराएर त्रिभुवन आर्मी फुटबल क्लब आहा रारा च्याम्पियन बनेको छ ।

तपाईको प्रतिक्रिया