रेजेट आरको माइलेज टेस्ट

पोखरा ।
यामाहा ब्रान्डको स्कुटर तथा मोटरसाइकलको पोखराका लागि आधिकारिक बिक्रेता भिएडब्लु इन्टरप्राइजेजले शनिबार माइलेज टेस्ट आयोजना गरेको छ । यामाहा रेजेट–आर हाइब्रिड १२५ सिसी सेग्मेन्टको स्कुटरको माइलेज टेस्टमा २४ जना सहभागी थिए ।
कम्पनीले दाबी गर्दै आएको नेपालको स्कुटर सेग्मेंटमा सबैभन्दा उच्च माइलेज दिने स्कुटर साबित गर्न कार्यक्रम आयोजना गरिएको हो । यामाहा रेजेट–आर हाइब्रिडलाई जस्तोसुकै क्षेत्रमा पनि सजिलै चलाउन सकिने र अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माइलेज दिने टेस्टबाट प्रभाणित भएको कम्पनीले जनाएको छ ।
पोखरा नयाँबजारबाट राइड आउट सुरु गरी पोखरा बजारका विभिन्न चोक परिक्रमा गर्दै बाटुलेचौर, हार्मी हुँदै ढिकी डाँडा रिसोर्टसम्म करिब २५ किमी यात्रा गरिएको थियो । ठाडो, उकालो तथा भिरालो बाटोमा पनि स्कुटरले उच्च गति दिएको राइडरहरुको बताएका छन् ।
२५ किमीको माइलेज टेस्टमा मनोज कुमार ६७.३३ किमी प्रतिलिटर माइलेजका साथ प्रथम बने । राहुल थापा ६४.७६ किमी र कविता वली ६३.१२ किमी प्रतिलिटर माईलेजका साथ क्रमशः दोस्रो र तेस्रो भए ।
राइड–आउटमा सहभागीलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाउँदै रेजेट–आर हाइब्रिड १२५ सिसीबारे जानकारीसमेत दिइएको थियो । एमएडब्लु राइड्स प्रालिका रिजनल म्यानेजर राम बोगटी विभिन्न आवश्यकता र ग्राहकका प्राथमिकता पूरा गर्नका लागि यो स्कुटर चार ट्रिममा उपलब्ध रहेको जनाए । स्टान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस १४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ मात्र ९९ किलोग्रामको तौलमा यो उपलब्ध छ ।
यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन, २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधा छन् । स्टप एन्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गर्दै इन्धन दक्षतालाई अझ बढाउँछ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया