पोखरामा रातो मच्छिन्द्रनाथ र भोटो जात्रा !

पोखरा ।
पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रर्दशनी सुरु भएको छ । संग्रहालयको २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनीमा राखेको हो ।
रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे ऐतिहासिक फोटो प्रदर्शनी माघ २८ गतेसम्म चल्नेछ । पोखराको रातोपैह्रामा रहेको फोटो प्रदर्शनीलाई पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा पोखरा महानगरका प्रमुख आचार्यले हिमाली क्षेत्रको रहनसहन, संस्कृति र परम्परा झल्काउन र जीवन्त राख्न म्युजियम महत्वपूर्ण रहेको बताए । उनले फोटो प्रदर्शनीले २ ठूला सहरबीचको सांस्कृतिक सम्पदा आदानप्रदान हुने विश्वास व्यक्त गरे । ललितपुरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरवरिपरि मनाइने ऐतिहासिक जात्राबारे पोखरामा जानकारीमूलक फोटो प्रदर्शनीले दुवै सहरको प्रचारप्रसारमा सहयोग पुग्ने बताए ।
सांस्कृतिक सहर ललितपुरमा सम्पदा संरक्षण र पुनर्निर्माणको काम अधिकांश भइसकेको जानकारी दिए । ‘सम्पदाको संरक्षण आजमात्र नभई भोलिका लागि पनि हो । त्यसमा हामी सचेत हुनुपर्छ’, उनले भने । सो अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्री लगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्बिरहरु पनि प्रदर्शनमा राखिएको छ ।
‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एक हप्तासम्म पोखरामै हेर्ने व्यवस्था मिलाएको छौं,’ संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले भनिन् ।
प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोक लगायत प्रथम विश्वयुद्धका लागि तयार पारिएका नेपाली सेना, विसं. १९९० को महाभूकम्प आदि झल्कने २२ तस्बिर पनि राखिएको छ ।
२१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौंथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिएको छ । हेनिजले सन् १९९५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए ।
सन् २००२ देखि बनाउन सुरु भएको संग्रहालय २००४ फेब्रअरी ५ मा उद्घाटन भएको थियो । संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ हिमचुचुरा, आरोहण इतिहास, जानकारी तथा गतिविधि बुझाउन तस्बिर तथा सामग्री यहाँ छन् । संग्रहालय संयोजक ठाकुराज पाण्डले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९८ हजार ५ सय ३८ जनाले संग्रहालय भ्रमण गर्दा करिब डेढ करोड आम्दानी भएको सुनाए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया