महोत्सव गर्दै पोखरा १४

समाधान संवाददाता २०८० माघ २३ गते १२:०८

पोखरा ।
पोखरा १४ ले वडाको उत्पादनलाई व्यावसायिक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ । पोखरा १४ को वडा कार्यालयमा आइतबार स्थानीयसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा बजारीकरणको लागि महोत्सव गर्न लागेको जानकारी दिइएको हो ।

Advertisement


वडाध्यक्ष बोधराज कार्कीले वडामा उत्पादनमा भएका वस्तुहरुको व्यावसायीक बजारीकरण र वडालाई उत्पादनशील क्षेत्रमा जोड दिन महोत्सव आयोजना गरेको बताए । ‘वडाको कुन टोलमा के उत्पादन हुन्छ, भन्ने जानकारी सबै वडाका टोलवासीलाई थाहा पाउनुपर्छ’, वडाध्यक्ष कार्कीले भने, ‘वडामा उत्पादन भएका कृषिजन्य वस्तु र उत्पादनशील वस्तुहरुको व्यावसायीक बजारीकरण गर्न महोत्सव आयोजना गरेका हौं ।’


महोत्सवमा वडामा भएका सबै टोल तथा कृषक, उद्यमीहरुलाई निशुल्क रुपमा स्टल प्रदान गर्ने वडाध्यक्ष कार्कीले जानकारी दिए । ‘हामी विभिन्न टोल, कृषक तथा उद्यमीहरुलाई महोत्सवमा निशुल्क रुपमा स्टल उपलब्ध गराउँछौं,’ उनले भने, ‘महोत्सवमा टोल तथा कृषक उद्यमीले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन, उत्पादन र व्यवसायीक बजारीकरण महोत्सव मुख्य उद्देश्य हो ।’

Advertisement


कार्यक्रममा स्थानीय लक्ष्मण कार्कीले महोत्सवमा स्थानीय वस्तु र स्थानीय कषकहरुले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिन माग गरे । स्थानीय जीवनकुमारी बराल, शान्ता देवकोटा, राजु थापा लगायतले वडाभित्र नै उत्पादन गरेका विभिन्न किसिमका उत्पादनले महोत्सवमा प्रर्दशनसँगै व्यवसायीक रुपमा थप हौसला प्रदान गर्ने बताएका छन् ।


स्थानीयले अन्तरक्रिया कार्यक्रममा वडाले विभिन्न शीर्षकमा दिने अनुदान र बजेट वास्तविक कृषक, उद्यमीसम्म पुग्यो कि पुगेन भन्ने विषयले प्राथमिकता पाउनुपर्ने जनाए । उनीहरुले वडाका उत्पादन र कला संस्कृतिलाई महोत्सवमा स्थान दिन माग गरेका छन् ।

Advertisement


महोत्सव सञ्चालन गर्न करिब २१ लाख रुपैयाँ लाग्ने अनुमान छ । पोखरा १४ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने महोत्सवमा वडामा उत्पादनका भएका कृषिजन्य वस्तु, सामग्री, विभिन्न टोल समूहको झाँकी ¥याली लगायत कलाकारको प्रस्तुति रहनेछ ।

तपाईको प्रतिक्रिया