वडा प्रहरी कार्यालय वगरमा स्तनपान कक्ष

समाधान संवाददाता २०८० माघ २३ गते १२:१०

पोखरा ।
वडा प्रहरी कार्यालय पोखरा १ वगरमा स्तनपान कक्ष स्थापना गरिएको छ । महिला प्रहरी र सेवाग्राहीका बच्चालाई स्तनपान गर्न सहज बनाउन स्तनपान कक्ष स्थापना गरिएको हो ।

Advertisement


स्तनपान कक्ष सोमबार एक कार्यक्र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा र पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधानले संयुक्त रुपमा उद्घाटन गरे ।


पोखरा महानगर पालिका वडा नं. १ र स्थानीयको सहभागितामा १ लाख ६७ हजार ३ सय ७५ रुपैयाँ लागतमा स्तनपान कक्ष निर्माण भएको स्तनपान कक्ष निर्माण उपभोक्त समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए । स्तन कक्ष निर्माणमा वडाबाट ८७ हजार २ सय २६ उपभोक्त समितिबाट ४२ हजार २ सय रुपैया संकलन भएकोमा अपुग २२ हजार २ सय ८७ रुपैयाँ समाजसेवी सञ्जय अधिकारीले सहयोग गरेको उनले जानकारी दिए ।

Advertisement


उक्त स्तनपान कक्षमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यलय रामबजार पोखराका कर्मचारी पोखरा २० भलाम निवासी चेतबहादुर खत्रीले स्वर्गीय वुवा क्या.गंगाबहादुर खत्रीको स्मृतिमा १४ हजार पाँच सय बराबरको फर्निचर सामान सहयोग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक थापाले कार्यलयमा आवश्यकता तथ ओझेलमा परेको काम वडा प्रहरी कार्यालय वगरमा थालनी भएको भन्दै खुसी व्यक्त गरे ।


‘प्रहरी संगठनमा ११ प्रतिशत महिला प्रहरी रहेका छन्, कास्कीका मात्रै १ सय ४४ जना महिला प्रहरी रहेका छन्,’ उनले भने, ‘महिला प्रहरी.मात्रै नभए कार्यलयमा आउने सेवाग्राहीले पनि यस्ता खालका कक्ष उपयोगी हुनेछ ।’

Advertisement


सरकारी तथा सार्वजनिक स्थानमा स्तनपान कक्ष बनाउनुपर्ने कानुनमा नै व्यवस्था भएको बताउदै यहाँको सिको अरु निकायले पनि गर्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिका वडा नं.१ का अध्यक्ष सहारा प्रधानले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षको स्थापना गरेको बताउँदै महिला प्रहरी तथा सेवाग्राहीलाई यसले सहजता महसुस गर्ने आफूले विश्वास लिएको बताए ।


वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले सहयोगी सबैलाई धन्यवाद दिदै वडलाई महिलामैत्री सगै आम नागरिकलाई स्तरी सेवा दिन वडा सधै कटिवद्ध रहेको उल्लेख गरे । उनका अनुसार हाल वडाको माताहातमा १५ जन महिला प्रहरी छन् ।


यसअघि यस समितिले प्रहरी अधिकृत तथा जवान व्यारेक, शौचालय, भगवती मन्दिर, कार्यालय परिसर ढलान, महिला ब्यारेक, कन्ट्रोल रुम लागयतका संरचना निर्माण गरिसकेको छ ।


स्तनपान कक्ष निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामविक्रम राणा, प्रहरी सहायक निरीक्षक बलबहादुर थापा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया