‘संघमा १२, प्रदेशमा ७ मन्त्रालय बनाऔं’

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटामात्रै मन्त्रालय बनाउन प्रस्ताव गरेका छन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उपमहासचिव गुरुङले संघमा १२ र प्रदेशमा ७ वटामात्रै मन्त्रालय भए पुग्ने बताएका हुन् ।
संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेका २५ मन्त्रालय कटौती गरेर १२ वटामा झार्नुपर्ने उनको तर्क छ । मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उपमहासचिव गुरुङले संघीय सरकार मातहतका विभाग कटौती गर्न र जिल्ला समन्वय समिति हटाउनु पर्नेसमेत उल्लेख गरे ।
प्रदेश र स्थानीय सरकारले संघीय सरकारले गर्ने काम पनि गर्ने भएकाले त्यहाँका विभाग हटाएर त्यहाँ कार्यरत कर्मचारीलाई तत्काल प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्न सके संघीयता कामकाजी हुने उनले दाबी गरे । गुरुङले संघीयतामा धेरै काम भए पनि त्यसको प्रचार हुन नसकेको पनि जनाए ।
उपमहासचिव गुरुङले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन पनि संघीय सरकारले तत्काल जनशक्ति र प्रहरी प्रशासनको आवश्यक व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने औंल्याए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया