पोखरा २६ चैते धान पकेट क्षेत्र

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ लाई चैते धानको पकेट क्षेत्रका रुपमा घोषणा गरिने भएको छ । वडाभित्र सिँचाइ सुविधा पुगेको समथर भूभागको करिब १८ सय हेक्टर जमिनमा चैते धान लगाउने सकिने सम्भावना रहेकाले वडा नं २६ लाई चैते धानको पकेट क्षेत्र घोषणा गर्न लागिएको हो ।
सरकारले कृषि उत्पादनलाई बढावा दिँदै खाद्यन्नमा आत्मनिर्भर हुने नीति लिएको छ । सोही नीतिलाई साकार पार्न वडा नं २६ मा चैते धानको सम्भाव्यता बढी रहेकाले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा कृषि विकास शाखाले यस्तो योजना बनाएको हो ।
कृषि विकास शाखाको आयोजनामा सोमबार चैते धान खेतीका बारेमा राखिएको प्राविधि अभिमुखीकरण कार्यक्रममा महाशाखा प्रमुख मनहर कडरियाले पोखराका विभिन्न कृषियोग्य फाँटमध्ये वडा नं २६ मा विजयपुर सिंचाई प्रणालीको पानी र यहाँको वातावरण एवं भौगोलिक आधारले यस क्षेत्रमा चैते धानको राम्रो उत्पादन हुने भएकाले ५० प्रतिशत अनुदानमा किसानसँगको साझेदारीमा चैते धान उत्पादनलाई प्रथामिकता दिएको जनाए ।
वर्षमा २ पटक धानको उत्पादन लिन सकिने भएकाले यसलाई प्रविधिमैत्री र व्यावसायिक बनाउनुपर्ने उनको भनाइ छ । महानगरले चैतेको धानको विउदेखि उत्पादन लागतमा पनि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । कार्यक्रममा पोखरा महनगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडालाई चैते धानको पकेट क्षेत्र बनाए जस्तै तरकारी र पशुपालनलाई पनि बढावा दिने योजना बनाउने उल्लेख गरे ।
गत वर्ष १ हजार ६ सय केजी चैते धानको बिउ वितरण गरिएकोमा यो वर्ष करिब ३ हजार केजी बिउको माग आएकाले किसानमा चैते धान उत्पादनतर्फ आकर्षण देखिएको उनले सुनाए । वडा स्तरीय कृषि सञ्जाल पोखरा २६ का अध्यक्ष केशवराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी भटराई, कृषि सेवा केन्द्र पोखरा २६ मा प्रमुख रामचन्द्र पौडेल, सञ्जालका सचिव ईश्वरराज भण्डारी, सदस्य विश्वप्रकाश बराल र कृषकको तर्फबाट सिला भण्डारीले बोलेका थिए ।
यस क्षेत्रका लागि चैते ५ धानको बिउ सिफारिस गरिएको छ भने १ रोपनी खेतका लागि करिब २.५ केजी धानको बिउ भए पुग्ने र त्यसका लागि महाशाखाले बिउमा ५० प्रतिशत र प्रतिरोपनी ९ सयका दरले अनुदान दिने व्यवस्थासमेत मिलाएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया