नेपाली युवा उद्यमी फोरम पोखराले शुक्रबार कार्यक्रम गर्दै

समाधान संवाददाता २०८० माघ २५ गते १२:३३

पोखरा ।
पोखरामा शुक्रबार ‘सिकाइको माध्यमबाट विद्यार्थीहरूलाई सशक्तिकरण गर्दै उद्यमशीलताको सीप वृद्धि’ विषयक छलफल कार्यक्रम हुन लागेको छ । नेपाली युवा उद्यमी फोरम पोखराको आयोजना, गण्डकी विश्वविद्यालय र अन्तराष्ट्रिय श्रम संगठनको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।

Advertisement


नेपालमा उत्पादनमुलक क्षेत्रमा नयाँ लगानीका लागि र उद्यमशीलता अभिवृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेको कार्यक्रम संयोजक सरोज कायस्थले बताए । कार्यक्रमले विद्यार्थीलाई उद्यम तथा व्यवसाय कसरी गर्ने भन्ने आइडियाका बारेमा बुझ्न, मेन्टरसिपकाे अवसर प्रदान गरिने उनको भनाइ छ ।


कायस्थका अनुसार कार्यक्रममा पाेखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय लगायत अन्य क्याम्पस गरि ५० जना विद्यार्थीको सहभागिता रहनेछ । उत्कृष्ट विजनेस कन्सेप्ट प्रस्तुत गर्ने समुहलाई १० हजार पुरस्कार प्रदान गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया