एनसेलको इन्डिया रोमिङ प्याक

समाधान संवाददाता २०८० माघ २५ गते १३:०१

काठमाडौं ।
एनसेलले विविध प्रयोजनका लागि भारत भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकका लागि आकर्षक रोमिङ प्याक सञ्चालनमा ल्याएको छ । यो प्याक लिएर ग्राहकले सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

Advertisement


ग्राहकले करसहित १ सयमा यो रोमिङ प्याक सुचारु गर्न सक्छन् र ३ दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन् । यसमा प्रतिदिन ३३ रुपियाँमा ३ दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५ सय एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा समेत छुट पाउँछन् ।


यो प्याक शुक्रबारबाट सुरु भएको हो । यो प्याकले सीमावर्ती सहरहरू वीरगन्ज, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुर आदि सहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदूर जस्ता ग्राहकलाई सहज हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया