विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल संघको व्यवस्थापनमा आगामी शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २ सय ५० जना छात्र/छात्राको सहभागिता रहने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । स्वीस प्रणाली अनुसार ७ चरणमा खेल खेलाइनेछ ।
प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा २ टिम सहभागी हुन पाउने नियम राखिएको छ । एउटा टिममा २ छात्र वा २ छात्रा सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा छात्र/छात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए । छैटौंदेखि १० औं स्थानसम्म प्राप्त गर्ने ५सहभागीले मेडल र प्रमाणपत्र पाउने छन् ।
तपाईको प्रतिक्रिया