मदरल्यान्ड माविमा विविध कार्यक्रम

पोखरा ।
जीवनोपयोगी तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयमा कला प्रदर्शनी र विद्यार्थी/शिक्षक सम्मानसँगै त्रिदिवसीय सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले शिक्षकले बाल मनोविज्ञान बुझेर अध्यापन गर्नुपर्ने बताए । उनले सीपमूलका र जीवनोपयोगी शिक्षा दिएर समृद्ध देश र सभ्य समाज तयार गर्न शिक्षाले अहं भूमिका खेल्ने जनाए ।
कार्यक्रममा मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्र, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीद्वारा तयार पारिएका कला तथा चित्र प्रदर्शन गरिएको शिक्षक डिबी गुरुङले बताए ।
पहिलो दिन कक्षा नर्सरीदेखि ३ सम्मका प्रस्तुति राखिएको छ । चित्रकला, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ आदि जस्ता विद्यालय बाहिरका पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका कार्यक्रममा सहभागी भई पुरस्कृत विद्यार्थीहरू अर्पण पौेडल, आयुषी थापा, एञ्जल नेपाली, कृपा बराल, शाश्वत रेग्मी, एल्भिना बराल, प्रार्थी पँगेनी, सियान जस्टिन केसी, प्रशील लामिछाने, नेहा पन्थी, सुभीक्षा अधिकारी, संगम पौडेल, अनिल बाँस्तोला, सुयोग अधिकारीलाई सम्मान गरिएको छ ।
अमेरिकामा उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाएका हार्दिक पराजुली तथा विद्यालयको शैक्षिक विकासमा २० वर्षभन्दा बढी कार्यरत शिक्षक र कर्मचारी अञ्जना पण्डित बराल, आनन्द शर्मा, अप्सरा थापा कुँवर र कमल चैधरीलाई सम्मान गरिएको छ । विद्यायले शिक्षासेवी विकल शेरचनलाई पनि सम्मान गरेको छ ।
विद्यालयका सहक्रियाकलाप प्रमुख सुनील सुवालको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमनारायण पोख्रेलले गरेका थिए । कार्यक्रममा प्रावि इन्चार्ज केशु शर्मा, शिक्षकद्वय बामनकुमार घिमिरे, विनीत छन्त्याल, सञ्चार प्रमुख होमनाथ भट्टराई लगायतले बोलेका थिए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया