पोखरा लर्नर्समा स्पोर्ट मिट

पोखरा ।
पोखरा ७ मा रहेको पोखरा लनर्स एकेडेमीको १७ औं स्पोर्ट मिट सुरु भएको छ । वार्षिक कार्यक्रम सशस्त्र प्रहरी बल २४ नं कालिका गण मालेपाटनका गणपति धनबहादुर बानियाले सुरुआत गरे ।
उनले खेलले जीवनलाई सत्मार्गमा डो¥याउने बताए । अनुशासनको पहिलो पाठ खेलकुदबाट सुरु हुने बताएका बानियाँले मोबाइल र टिभी देखाएर बच्चा भुलाउने वाहानामा घरैबाट अनुशासनको पाटो हराएको भन्दै चिन्ता व्यक्त गरे ।
२०१७ देखि नेपाली सेनाले सुरु गरेको मार्च पास विद्यालयले गराउँदा राष्ट्रिय भावनामा सकारात्मक सन्देश जाने उनले बताए । खेलकुद प्रतियोगिताले शारीरिक र मानसिक अवस्थालाई सन्तुलित राख्ने, टिमस्पिड, एकता, आपसी भाइचारा र अनुशासनलाई केन्द्रमा राख्ने उनको भनाइ छ ।
विद्यार्थी प्रकृति सुवेदीले सञ्चालन गरेको सभामा प्याब्सान गण्डकी प्रदेशका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, प्याप्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, प्याब्सन कास्की सचिव एवं विद्यालयका संस्थापक प्राचार्य पुष्प पराजुली, पोखरा लनर्स एकेडेमीका प्रिन्सिपल विधान गौतम, शिक्षक आदर्श घिमिरे, कमला गुरुङ र भाइस प्रिन्सिपल उष्णा गौतमले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीले मार्च पास, नृत्य तथा हास्यप्रहसन लगायतका गतिविधि प्रस्तुत गरेका थिए ।









गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया