वडा सदस्यको पारिश्रमिकबाट स्कुलमा अक्षयकोष
पोखरा ।
सरकारी सेवा, सुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । विद्यालयको ४६ औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गर्ने जनाएका हुन् ।
निर्वाचित भएदेखि २०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवा, सुविधामा बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने भण्डारीले विश्वास व्यक्त गरे । छात्रवृत्तिको अक्षयकोष धेरै भए विद्यालय सञ्चालनमा दिनप्रतिदिन देखिएको चुनौती समाधानका लागि केही हदसम्म भए पनि आफ्नोतर्पmबाट पहल गरेको बताउँदै उनको भनाइ छ ।
भण्डारीले यसमा विद्यालयका पूर्वविद्यार्थीबाट पनि सहयोग रहने विश्वास व्यक्त गरे । वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि एवं अभिभावकले पनि विद्यालयका लागि स्वःस्फुर्त आर्थिक सहयोग गरेका छन् । सो अवसरमा ८० हजार संकलन भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए । सुविधासम्पन्न भवन र खेलमैदानसमेत रहेको विद्यालयमा हाल ३ सय ५० विद्यार्थी छन् ।








कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
एकता माविमा शैक्षिक प्रदर्शनी
एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया